Skip This
अफवाह फैलाएको भन्दै थप १८ युट्युब च्यानलमाथि कारबाही
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १७ आइतबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अफवाह फैलाएको भन्दै थप १८ युट्युब च्यानलमाथि कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार १८:३८:oo

प्रेस काउन्सिल नेपालले दर्ता–सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युब च्यानललाई कारबाहीका लागि सिफारिस गरेको छ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने तथा अमर्यादित र अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको  काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहाेराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो।