१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।  

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ ।  

यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मंसिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।     

ad
ad