वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई हटाइएको छ। बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले डा. पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो।
मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन आउने भन्दै शुक्रबार पत्राचारसमेत गरेको छ। नियमअनुसार वीर अस्पतालको कार्यकारीको जिम्मेवारी अवधि दुई वर्ष हो। तर, पौडेलको जिम्मेवारी १५ महिना बाँकी छँदै हटाइएको छ।
निर्देशक पौडेलले आफूलाई हटाउनुको कारणबारे जानकारी नभएको बताए। उनले आफूलाई मन्त्रालयमा हाजिर हुन भनेर पत्र आएको जानकारी दिए। ‘यो अधिनायकवाद शैली हो, काम गर्दागर्दै र सुधार गर्न खोज्दा पत्र आयो,’ उनले भने।