Skip This
प्लेनको झ्यालबाट हेर्दा जुन सहर झिलिमिली देखिन्छ त्यो ललितपुर महानगर हुनेछ : चिरिबाबु महर्जन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o मङ्सिर १५ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्लेनको झ्यालबाट हेर्दा जुन सहर झिलिमिली देखिन्छ त्यो ललितपुर महानगर हुनेछ : चिरिबाबु महर्जन

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार ११:५९:oo

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले ललितपुरका सबै सडक झिलिमिली पार्ने बताएका छन् । बिहीबार ललितपुरको भैँसेपाटीबाट एक हजार चार सय स्मार्ट स्ट्रिट लाइटको उद्घाटन समारोहमा बोल्दै मेयर महर्जनले ललितपुरका सबै क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट बालेर सहर उज्यालो पारिने बताए । 

‘प्लेनको झ्यालबाट हेर्नुभयो भने जुन सहर उज्यालोले झिलिमिली देखिन्छ त्यो ललितपुर महानगर हुनेछ,’ मेयर महर्जनले भने, ‘ललितपुरका सबै स्थानमा झिलिमिली हुने लाइट जडान गर्छौँ, लाइट हेरेरै यो ललितपुर हो भन्ने छुट्याउन सकिनेछ ।’

ललितपुर महानगरले जडान गरेको एक हजार चार सय स्मार्ट स्ट्रिट लाइट बिहीबारदेखि नै बल्न थालेका छन्। बिहीबार साँझ उद्घाटन भएसँगै भैँसेपाटी, खोकना, बुङमती ललितपुरलगायतका स्थानमा बत्ती बलेका छन् ।  दोस्रो चरणअन्तर्गतका एक हजार चार सय बत्तीमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । 

महानगरका मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बिहीबार संयुक्त रूपमा ललितपुरको भैँसेपाटीबाट अत्याधुनिक सडकबत्तीको उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट जडानमा ललितपुर महानगरपालिका अग्रणी भएको बताए । ‘अन्य नगरपालिकामा बल्ल सुरु हुँदै छ, कतिपयले काम गर्न सकेका छैनन्, तर ललितपुरले सबैतिर झिलिमिली पारेको छ,’ उनले भने । 

लाइट जडानका लागि डिजाइन र टेक्निकल सपोर्ट प्राधिकरणले नै गरेको थियो । तेस्रो चरणमा ललितपुर क्षेत्रभित्र पर्ने रिङरोड ७.९ किमिमा स्मार्ट स्ट्रिट लाइट राखिनेछ ।