Skip This
यो सरकारले विकासको लय समात्न सकेन : अध्यक्ष ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यो सरकारले विकासको लय समात्न सकेन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १८:१५:oo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकासको लय समात्न नसकेको टिप्पणी गरेका छन्।

पार्टीको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा बैतडी सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘देश ओरालो लाग्दै छ, हाम्रो सरकार ढलेपछि अराजकता बढ्यो। रोजगारीका अवसर समाप्त भए। अर्थतन्त्र ओरालो लाग्यो। सरकारसँग कर्मचारी पाल्ने पैसा छैन,’ अध्यक्ष ओलीले भने।

सम्बोधनका क्रममा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई राष्ट्र निर्माणको योजना निर्माणमा केन्द्रित गर्ने बताए। ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा आमजनतासँग भेटघाट, भलाकुुसारी, संवाद गर्दै जानेछौँ,’ उनले भने, ‘यसलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि योजना बनाउन अघि बढेका छौँ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भारतीय सीमानाका झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका थिए। एक हजार ७७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते चिवाभञ्ज्याङ पुग्ने यात्रालाई ओलीले ‘जाडोको महिनामा गरम अभियान’ भनेका छन्।

एकीकृत समाजवादीका नेता एमाले फर्किए
एमालेको संकल्प यात्राका क्रममा नेकपा(एकीकृत समाजवादी)का जिल्ला अध्यक्षसहित दर्जनौँ नेताहरू एमालेमै फर्किएका छन्।

एसका जिल्ला अध्यक्ष महादेव भट्ट, केन्द्रीय सदस्य नरेन्द्र विष्ट, प्रदेश कमिटी सदस्य पार्वती भट्टलगायतका नेताहरू एमाले प्रवेश गरेका हुन्। त्यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य रमेश कोली, पाटन नगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वती कोलीलगायतलाई पनि ओलीले पार्टीमा स्वागत गरेका छन्।