१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घर निर्मातालाई शिवम् सिमेन्टले ल्यायो ‘शिवम् सन्देश’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२७:oo

घर निर्माण गर्ने सोच बनाएर बसेका व्यक्तिका लागि शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ नामक अभियान लिएर आएको छ । कम्पनीले घर बनाउँदा कुनै गल्ती–कमजोरी नहोस् भन्ने ग्राहकको चाहनालाई बुझेर सही विशेषज्ञ र प्राविधिकको सल्लाहसहितको सन्देश अभियान ल्याएको हो । 

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ–जुग रहिरहने, टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह रहेको जनाइएको छ । यसमा घर निर्माणपूर्व निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारी समावेश गरिएको कम्पनीको भनाइ छ । 

घर बनाउने जग्गाको छनोट गर्नेबारेमा सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के–कस्ता कुरामा विचार पुर्‍याउने ? जस्ता थुप्रै उपयोगी जानकारी यसमा समेटिएको कम्पनीको भनाइ छ । 

भूकम्प र बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महŒव कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेजस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव ‘शिवम् सन्देश’मा समेटिएको जनाइएको छ । त्यस्तै, साधारण लाग्ने, तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुन सक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि यसमा समेटिएको कम्पनीले जनाएको छ ।  

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको जनाएको छ । त्यसैले, कम्पनीले नेपाल गुणस्तर अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको जनाइएको छ । 
 

ad
ad