Skip This
इजरायलले सार्वजनिक गर्‍यो हमासले रिहा गरेका बन्धकहरूको सूची 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Wednesday, 11 September, 2024
तस्बिर : इजरायली फोटो एजेन्सी फ्ल्यास-९०
रासस तेल अवीव
२o८o मङ्सिर ९ शनिबार १४:o३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलले सार्वजनिक गर्‍यो हमासले रिहा गरेका बन्धकहरूको सूची 

Read Time : > 1 मिनेट
रासस, तेल अवीव
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १४:o३:oo

इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर शुक्रबार रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। 

अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौताअनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो।

‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी  गराएका छन्।’

इजरायली प्रधानमन्त्रीको कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ। घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आसेर (३४), राज आसेर (४) र अबिब आसेर (२) रहेका छन्। त्यसैगरी, अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन्। उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर (५४) र ओहद मोन्डर (९) रहेका छन्।

उनीहरूबाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोसे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७ं), हन्ना पेरी (७९) र याफे अदार (८५)लाई पनि कैदबाट रिहा गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय)बाट लागू भएको थियो।
शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर)मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भनेका छन्, ‘हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरू– बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौँ।’

त्यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको सुरुवात’ भनेका छन्। उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन्। टाइम्स अफ इजरायलले उल्लेख गरेअनुसार  प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ।

यद्यपि, गत अक्टोबरदेखि हमासले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो संख्या मात्र हो।