मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Wednesday, 18 December, 2024
२o८o मङ्सिर ६ बुधबार o७:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार राजस्व ७ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार o७:१२:oo

 चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । चालू आवको साउन–कात्तिकमा आयात ३.७९ प्रतिशतले घटेको छ । सो अवधिमा पाँच खर्ब १२ अर्बको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । तर, गत आवको यसै अवधिमा पाँच खर्ब ३३ अर्बको आयात भएको थियो । 

यही अवधिमा राजस्व संकलन भने गत वर्षको तुलनामा करिब ७ प्रतिशतले बढेको छ । गत आवको चार महिनामा एक खर्ब २८ अर्ब राजस्व संकलन गरेको भन्सार प्रशासनले चालू आवको सोही अवधिमा एक खर्ब ३७ अर्ब राजस्व संकलन गरेको छ । भन्सार राजस्वमा महत्वपूर्ण योगदान दिने आइसी इन्जिन सवारीसाधनको सट्टा न्यून महसुल भएका बिजुली गाडीको आयात बढ्नु, पेट्रोलियम राजस्वमा बढोत्तरी नहुनु, फलामजन्य वस्तुबाट प्राप्त हुने राजस्वमा गिरावट आउनु र चोरी–पैठारीसमेत अपेक्षित रूपमा नियन्त्रण नभएको अवस्थामा पनि राजस्व बढेको देखिएको छ । 

भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीमा गरेको सुधार, राजस्व चुहावटमा लिएको शून्य सहनशीलता, भन्सार मूल्यांकनमा गरिएको सुधार तथा नीतिगत परिवर्तनका कारण राजस्व संकलनमा सुधार आएको विभागको भनाइ छ । विभागले अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाएको र अनुगमनका क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐनअनुसार कारबाही गर्ने गरेको छ ।