मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १८:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पद्मोदय मोडदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा, ३० दिन प्रदर्शन गर्न रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १८:४१:००

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्मोदय मोडदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेकाे छ।

जिल्ला सुरक्षा समितिकाे सिफारिसका आधारमा पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएकाे छ। यस क्षेत्रमा सोमबारदेखि ३० दिनसम्मका लागि कुनै पनि जुलुस निकाल्न र प्रदर्शन गर्न पाइनेछैन।

एक वा सोभन्दा बढी समूह एकै ठाउँमा भेला भई प्रदर्शन गर्दा मुठभेड भई  शान्ति सुरक्षा भंग हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जारी गरेकाे सूचनामा भनिएकाे छ।

‘देहायको क्षेत्रमा मंसिर ४ देखि ३० दिनसम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ सूचनामा उल्लेख छ।