१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अमेरिकामा १५ हजार नेपाली विद्यार्थी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

गत वर्षभन्दा २७.९ प्रतिशतले वृद्धि हुँदा अहिलेसम्मकै धेरै नेपाली विद्यार्थी

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्टअनुसार अमेरिकामा हाल १५ हजार ९० नेपाली विद्यार्थी छन् । गत वर्षभन्दा विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ । 

रिपोर्टअनुसार शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाख ५७ हजार एक सय ८८ अन्तर्राष्ट्रिय विद्यार्थी अमरिकामा अध्ययन गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको शीर्षस्थ गन्तव्यको रूपमा अमेरिका कायम भएको रिपोर्टमा उल्लेख छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार आफ्नो फेसबुक पेजमा रिपोर्टको विवरण सार्वजनिक गर्दै ज्ञान तथा सांस्कृतिक बुझाइको विश्वव्यापी आदान–प्रदानप्रति शुभकामना व्यक्त गरेको हो । 

नेपालबाट विदेश अध्ययनका लागि बाहिरिने विद्यार्थी संख्या ठूलो छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाका अनुसार ०७९/८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । चालू आर्थिक वर्ष ०८०/८१ को साउन, भदौ र असोजसम्म २७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । 

आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलिया, २१ हजार पाँच सय ७४ ले क्यानडा, १० हजार पाँच सय २७ ले बेलायत र तीन हजार नौ सय ७० विद्यार्थीले अमेरिका जान एनओसी लिएका थिए । यस आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ विद्यार्थीले एनओसी लिएका थिए । 

एनओसी कार्यालयको तथ्यांकअनुसार ०७९/८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि विदेश गएका छन् । यो संख्या २९ हजार सात सय ३४ छ । 

विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार दुई सय ३८ छ । जापानिज भाषा अध्ययनका लागि २१ हजार एक सय ३१ जनाले एनओसी लिएका छन् । 

वैदेशिक अध्ययनमा जाने विद्यार्थीसँगै ठूलो रकम पनि बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०७९/८० मा मात्रै यसरी एक खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको छ । त्यसअघि ०७८/७९ मा ६७ अर्ब ७० करोड रकम विदेश पढ्न जानेहरूबाट बाहिरिएको थियो । चालू आर्थिक वर्षको साउनमा मात्रै अध्ययनका लागि १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । 
 

ad
ad