मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २२ बुधबार o९:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई जरिवाना तीव्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार o९:५६:oo

टिपटप समोसादेखि पशुपति स्प्रिङ वाटरसम्म जरिवानामा

काठमाडौं महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारीलाई कारबाहीस्वरूप जरिवाना गर्ने भएको छ । महानगरपालिकाकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनीता डंगोलले बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नापतौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना गर्ने बताएकी हुन् । ‘जरिवाना उद्योग ठूलो छ कि सानो छ भन्ने आधारमा होइन । कसुरका आधारमा तोक्नुपर्छ । बजार अनुगमनमा जाँदा यस विषयमा ध्यान दिनुहोला,’ समिति बैठकमा डंगोलले भनिन् । उनले स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि उपभोक्ता र व्यापार दुवैको लाभ हुने गरी बजार व्यवस्थापनको काम गर्नुपर्नेसमेत बताइन् । महानगरअन्तर्गत कृषि तथा पशुपक्षी विभागका प्रमुख तथा खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार पछिल्लो चार महिनामा सातवटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट नौ लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरले पछिल्लो चरणमा त्रिकोण वेभरेज इन्डस्ट्रीमा सिलबन्दी गरेको छ । पानीमा किरा र लेउ भेटिएपछि एक लाख रुपैयाँ जरिवाना गरेको हो । यस्तै पेय पदार्थमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङ नेपाललाई एक लाख ५० हजार जरिवाना गरेको छ । टिपटप समोसा पसलले बिग्रेको दूधबरी बिक्री गरेपछि दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।

४३ दिनमा एक सय ६५ स्थानमा अनुगमन
महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन बजार अनुगमन गरेको छ । यसमा एक सय ६५ वटा स्थानको अनुगमन गरिएको थियो । खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार साउनमा मिठाई पसलको, भदौमा पानी र जारको, असोजमा दसैँलक्षित खाद्य तथा पेय पदार्थको र कात्तिकमा खसीबजार, खाद्य पदार्थको अनुगमन भएको छ । बजार अनुगमन गर्दा खाद्य पदार्थ (चालम, दाल, मसला, फलफूल, मिठाई)को मात्र अनुगमन गरेर हुँदैन । समितिको सोमबार सम्पन्न बैठकमा सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘बिजुलीको शुल्क तिर्दा १० प्रतिशत सेवा शुल्क लिने गरिएको छ । यो के हो ? आयल निगमको स्वचालित मूल्य भनेको छ, अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नेबित्तिकै यहाँको भाउ पनि बढाउने, तर घटेका वेला उत्तिकै दरमा भाउ घटेको कि छैन त्यो पनि हेर्नुपर्छ ।’