१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Wednesday, 26 June, 2024
२o८o कार्तिक २२ बुधबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार o८:३o:oo

कैलाली जिल्ला अदालतबाट एक थान कटुवा पेस्तोल, चार थान गोली र पाँचवटा मोबाइल सेट चोरी भएको छ । अदालतको अभिलेख शाखाको झ्यालको ग्रिल फोडेर मुद्दाको मिसिलको साथमा रहेका सामान आइतबार राति चोरी भएको हो ।

राति साढे १० देखि ११ बजेको बीचमा चोरी भएको सिसिटिभी फुटेजमा देखिएको जिल्ला अदालतले जनाएको छ । हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए । ‘झ्यालको ग्रिल तोडेर मुद्दाको दसीका रूपमा आएका सामान चोरी भएका हुन्,’ उनले भने, ‘यसबारे छानबिन गर्न प्रहरीलाई भनेका छौँ ।’  

ad
ad
ad
ad