Skip This
कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो, मन्त्री राम रानामगरले बुझाए राजीनामा  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o कार्तिक १८ शनिबार १o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो, मन्त्री राम रानामगरले बुझाए राजीनामा  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १o:१४:oo

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। कांग्रेसबाट विद्रोह गरेर एमालेसँग साँठगाँठ गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले  गठबन्धनका दुईजना मन्त्री नियुक्त गरेपछि असन्तुष्ट बनेको एमाले सरकारबाट बाहिरिएको हो। एमालेले चर्को दबाब दिए पनि मुख्यमन्त्री कार्कीले शुक्रबार गठबन्धनबाट माओवादीका एक र एकीकृत समाजवादीका एकजना मन्त्री नियुक्त गरेर आफ्नो सरकार थप विस्तार गरेका थिए। 

यसैले, असन्तुष्ट बनेको एमालेले आफ्ना विनाविभागीय मन्त्री राम रानामगरलाई पदबाट राजीनामा गर्न लगाएर सत्ताबाट बाहिरिएको हो। मन्त्री रानाले आज शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन्।  मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई विना विभागीयमन्त्री नियुक्त्त गरेका थिए।   यसअघि उनले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई विना विभागीयमन्त्रीमा नियुक्त्त गरेका थिए। 

मुख्यमन्त्री कार्कीलाई एमालेले आफ्नो पार्टी कांग्रेसको मात्र सरकार विस्तार हुनुपर्ने अडान लिँदै आएको थियो। तर, चर्को दबाबमा परेका मुख्यमन्त्री कार्कीले अन्ततः एमालेको दबाबलाई बेवास्ता गर्दै शुक्रबार गठबन्धनका दुई दलबाट मन्त्री नियुक्त्त गरेका थिए।  

२७ असोजमा एमालेको समर्थनबाट कांग्रेस सांसद कार्की आफूसहित ७ जना सांसदहरूको सर्मथन लिएर मुख्यमन्त्री नियुक्त्त भएका थिए। उनले संविधानको धारा १६८ को उपधारा (५) अनुसार राप्रपाबाहेक अन्य सबै दलहरूले विश्वासको मत पनि लिइसकेका छन्।  

विश्वासको मत लिइसकेपछि मन्त्री कार्कीलाई एमाले र कांग्रेस नेतृत्वको मात्र सरकार विस्तार गर्न चर्को दबाब पर्दै आएको थियो। तर, उनले एमालेको दबाब छल्दै सर्वदलीय सरकारको आवश्यकता भन्दै गठबन्धनबाट दुईजना मात्र मन्त्री नियुक्त्त गरेका हुन्।