१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १६ बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३३ करोड हिनामिना आरोपमा सहकारीका व्यवस्थापक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o९:o६:oo

आफू कार्यरत सहकारी संस्थाको ३३ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको नेसनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापक दिनेशकुमार पन्त र लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी संस्थालाई धराशायी बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सो सहकारीमा भएको हिनामिनाको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । व्यवस्थापक पन्तले श्रीमती एकता पन्त, छोरा दिवश पन्त, भाइ उत्तम पन्तलाई विनाधितो कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै, लेखा समितिकै संयोजक रहेका नेम्कुलका साथै कृष्ण खत्री र रूपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको थियो । रूपा घिमिरे तथा गोपालरन पहेली र अनुप राजथलालाई एउटै जग्गा धितो राखी कर्जा दिएका थिए ।

कर्जा नै नतिरी घिमिरेको नाममा रहेको जग्गा फुकुवा गरेकोसमेत सिआइबीले जनाएको छ । यस्तो ठगीमा संस्थाका तत्कालीन कार्यकारी अध्यक्ष स्वर्गीय राजेशहरि जोशीको पनि मिलेमतो देखिएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।