Skip This
नेपालमा कुवेत एयरवेजको एक वर्ष, दैनिक दुई उडान गर्ने लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Sunday, 07 July, 2024
२o८o कार्तिक १५ बुधबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा कुवेत एयरवेजको एक वर्ष, दैनिक दुई उडान गर्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार o९:२o:oo

 कुवेतको राष्ट्रिय ध्वजावाहक वायुसेवा एयरवेज कुवेत एयरवेजले नेपालमा हवाई सेवा सुरु गरेको १ वर्ष पूरा भएको छ । कुवेत एयरवेजले गत वर्ष १४ कात्तिक (३१ अक्टोबर, २०२२ ) देखि कुवेत–काठमाडौं–कुवेत हवाई सेवा सञ्चालन गरेको थियो, जुन सेवा सञ्चालन गरेको मंगलबार १ वर्ष पुगेको हो । एयरवेजले हप्तामा पाँचपटक कुवेत–काठमाडौं–कुवेत हवाई सेवा सञ्चालन गर्दै आएको छ । आवश्यक परेको अवस्थामा एयरवेजले चार्टर फ्लाइटसमेत गर्ने गर्छ । 

एयरवेजले यसबीचमा युरोप, अमेरिका, बेलयात र खाडी मुलुकका यात्रुलाई सुलभ दरमा हवाई सेवा प्रदान गरेको एयरवेजका जनरल म्यानेजर रुपेशकुमार झाले बताए । साथै, नेपाल आउने युरोपका धेरै पर्यटक तथा यात्रु बोकेको पनि एयरवेजको भनाइ छ । यद्यपि, उडानमा भने सबैभन्दा धेरै बेलायतका यात्रु हुने गरेको एयरवेजले जनाएको छ । प्रतिउडान एक सयभन्दा बढी बेलायतका यात्रु हुने गरेको एयरवेजले जानकारी दिएको छ ।

समग्रमा यसबीच पूर्ण क्षमता (फुल प्यासेन्जरसहित)मा हवाई सेवा सञ्चालन गरेको एयरवेजको भनाइ छ । एयरवेजले काठमाडौं–कुवेत उडान गरे पनि विश्वभरकै यात्रु बोक्ने गरेको थियो । युरोप, बेलायत, अमेरिका, सबै खाडी मुलुकलगायत देशका यात्रुलाई सेवा दिइएको एयरवेजको भनाइ छ । हाल विश्वका ६० गन्तव्यमा उडान गरिरहेको एयरवेजले भविष्यमा नेपालमा दैनिक दुई उडान गर्ने लक्ष्य लिएको झाको भनाइ छ । 
 

ad
ad
ad
ad