१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्ट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:२४:oo

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट सम्मानित भएका छन्। संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो।

माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा बैठक’ आइतबारदेखि डडेल्धुराको अजयमेरु गाउँपालिका ३ स्थित भद्रपुरमा सुरु भएको छ। बैठकमा सहभागी पार्टीका केन्द्रीय उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रदेश कमिटीका तर्फबाट भट्टलाई सम्मान गरेका हुन्।

माओवादी सुदूरपश्चिम इन्चार्ज खजराज भट्टले संगठनको राष्ट्रिय अध्यक्षमा आफ्नो प्रदेशबाट भट्ट नेतृत्वमा पुगेकाले बधाईका साथै पार्टीले सम्मान गरेको बताए। कार्यकाल सफल हुनेमा विश्वस्त रहेको उनले बताए। भट्ट दुई साताअघि कर्मचारी संगठनको अध्यक्ष चुनिएका थिए।

सम्मान ग्रहण गर्दै भट्टले संघीय निजामती सेवा ऐन ल्याउन र सुशासन र समृद्धिको यात्रामा सरकारको कदमलाई संगठनले हरतरहले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। उनले पार्टीको अभियान सँगसँगै संगठनको पनि अभियान चलिरहेको जानकारी गराए।

उनका अनुसार २० असोजबाट मधेश प्रदेशबाट सुरुवात भएको नेपाल राष्ट्रिय कर्मचारी संगठनको विशेष रूपान्तरण अभियान ‘एक सरकारी निकाय, एक कर्मचारी संगठन निर्माण’ पहिलो चरणमा पालिकास्तरमा केन्द्रित छ। २० पुससम्म चल्ने सो अभियानको विस्तारित बैठक शनिबार डडेल्धुरामा बसेको थियो। २० पुसपछि दोस्रो चरणमा यो अभियान चैत मसान्तसम्म वडास्तरमा सञ्चालन हुनेछ। पार्टीको अभियानकै पूरक अभियानको रूपमा सञ्चालन गरिएको उनले बताए।

अध्यक्ष भट्टलाई सम्मान गर्दै पार्टीका उपमहासचिव गजुरेलले कर्मचारीको हक हित तथा सुशासनको पक्षमा दरोसँग उभिन शुभकामना दिए।

ad
ad