१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ११ शनिबार
  • Thursday, 24 October, 2024
२o८o कार्तिक ११ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा मनाइयो कोजाग्रत पूर्णिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ११ शनिबार १७:१७:oo

हुम्लाका अधिकांश गाउँमा रहेका देवताहरूका मठमन्दिरमा कोजाग्रत अर्थात् जुवारे पूर्णिमा धुमधामका साथ मनाइएको छ।

जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर ८ को यांगु, ७ को धारापोखरी, खार्पुनाथ गाउँपालिकको वडा नम्बर ३ को राया, ४ को लेखलगायतका गाउँमा धुमधामका साथ जुवारे पूर्णिमा मनाइएको हो।

शुक्रबार साँझदेखि शनिबारसम्म कैलाश, लागा, गुरा, मष्ठादेवलगायतका देवीदेवताको पूजाआजा गरिनुका साथै धामी नाच्ने कार्य धुमधामका साथ गरिएको छ। जिल्लास्थित विभिन्न मठमन्दिरमा बोकाको बलिसमेत दिइएको छ।