Skip This
उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले दियो १६३ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १० शुक्रबार १३:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले दियो १६३ रनको लक्ष्य

टी-२० ट्र्यांगुलर सिरिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार १३:o१:oo

कुशल भुर्तेलको आक्रामक अर्धशतकको मद्दतमा टी–२० ट्रयांगुलर सिरिजको फाइनलमा नेपालले युएईलाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा टस जितेर युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । २९ बल खेलेका कुशलले ६ चौका र तीन छक्का प्रहार गरे । टी–२० करिअरको छैटौँ अर्धशतक बनाएलगत्तै उनी जहुर खानको बलमा बोल्ड हुन पुगे ।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १७ बलमा अविजित २३ रन, दीपेन्द्रसिंह ऐरीले १५ बलमा २०, कप्तान रोहित पौडेलले १७ बलमा १८ बनाए । यस्तै, सोमपाल कामीले आठ बलमा १३, सन्दीप जोराले १० बलमा १०, आसिफ शेखले १२ बलमा सात, गुल्सन झाले आठ बलमा पाँच तथा कुशल मल्लले दुई बलमा एक रन बनाए । दुई बल खेलेका अविनाश बोहाेरा शून्य रनमा अविजित रहे । 

नेपालले सुदृढ सुरुवात गरे पनि लगातार अन्तरालमा विकेट गुमाएपछि युएई खेलमा फर्किएको हो । नेपालले पाँचौँ ओभरको अन्तिम बलमा आसिफलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । 

त्यसपछि ६३ रन बनाउँदा दोस्रो, ६८ मा तेस्रो विकेट गुमायो । रोहित र दीपेन्द्रसिंह ऐरीले केहीबेर इनिङ सम्हाले पनि १२.१ ओभरमा एक सय आठ रनको अवस्थामा कप्तान रोहित आउन भएपछि नेपालले पुनः लगातार विकेट गुमायो । 

रोहित आउट भएलगत्तै  दीपेन्द्र आउट भए । नेपालले एक सय २३ रनको अवस्थामा सन्दीप जोरालाई गुमायो । नेपालले एक सय ३१ रनमा गुल्सन झा र एक सय ४३ रनको अवस्थामा सोमपाललाई गुमायो । 

नवौँ विकेटका रूपमा करण केसी र अविनाश बोहाेराबीच १७ रनको साझेदारी भएपछि नेपालले २० ओभरमा एक सय ६२ रन बनायो । 

तर, अन्तिम ओभरमा युएईले जम्मा दुई रन दियो । अन्तिम ओभर बलिङ गर्न आएका जहुर खानले पाँच बल डट राखेका थिए । उनको ओभरमा करणले जम्मा दुई रन लिन सके । 

युएईका लागि आयन अफजल खानले तीन, अली नासिर र जाहुर खानले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए । 

जारी प्रतियोगिताको लिग चरणमा खेलिएका चारवटै खेल जित्दै नेपाल फाइनल पुगेको हो । युएईले भने एक खेल मात्र जिते पनि नेट रनरेटका आधारमा हङकङलाई पछि पर्दै फाइनल यात्रा गरेको हो । 

नेपालले लिग चरणमा युएईलाई पहिलो खेलमा सात तथा दोस्रो खेलमा पाँच विकेटले हराएको थियो ।