Skip This
पेस्तोलले टाउकोमा गोली हानेर प्रहरी जवानले गरे आत्महत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ८ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक ८ बुधबार १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेस्तोलले टाउकोमा गोली हानेर प्रहरी जवानले गरे आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ८ बुधबार १३:३३:oo

सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।