१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
अमुल थापा काठमाडौं
२०८० कार्तिक ४ शनिबार १७:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०८० कार्तिक ४ शनिबार १७:५५:००


नवरात्रको सातौँ दिन सप्तमीका अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । 

फूलपाती बढाइँका अवसरमा विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीहरू, विभिन्न संवैधानिक अंगका पदाधिकारी, नेपाली सेनाका अधिकृतलगायत सहभागी थिए ।

समारोहमा नेपाली सेनाले विभिन्न प्रस्तुति देखाएको थियो । साथै, नेपाली सेनाले राइफल र तोपको मार्चपास देखाएको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

सैनिकमञ्च टुँडिखेलका दृश्यलाई नयाँ पत्रिकाका क्यामेरापर्सन अमुल थापाले यसरी कैद गरेका छन् ।