१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक १ बुधबार ०७:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१० दलित परिवारलाई पक्की घर हस्तान्तरण

Read Time : > 1 मिनेट
२०८० कार्तिक १ बुधबार ०७:४१:००

सिराहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका दस घरधुरी मुसहर दलित परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिएको छ । हरेक वर्षा र हिउँद कष्टकर रूपले बिताउँदै आएका मुसहर समुदायका दलितहरूप दसैंको संघारमा पक्की घर पाएपछि दंग भएका छन् । 

स्थानीय भुल्के गाउँमा सोमबार आयोजित समारोहबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल, उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले पक्की घरको साँचो स्थानीय दलित परिवारलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख पोखरेलले निर्वाचनमा आफूले गरेको प्रतिबद्धताबमोजिम घर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए ।

सिराहाको धनगढीमाई नगरपालिका– २ भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको सहजीकरणमा कर्जन्हा नगरपालिका क्षेत्रमा निर्माण गरिएको ५५ घरमध्ये पहिलो चरणमा कर्जन्हा ४ का १० दलित परिवारलाई पक्की घर हस्तान्तरण गरिएको वडाध्यक्ष प्रताप विश्वकर्माले जानकारी दिए । ‘हरेक वर्षा र हिउँदमा आफूहरूपसहित बालबच्चा कसरी राख्ने भन्ने चिन्ताले सताउँथ्यो,’ स्थानीय गीता सदायले भनिन् ‘पक्की घर पाएपछि त्यो चिन्ताबाट मुक्त भएका छौँ ।’ 

कर्जन्हा–४ भुल्के गाउँका दिवंगत रामप्रित नायक र कारिचरन नायकको परिवारले भूमिहीन सुकुम्बासीको रूपमा रहेका १० परिवार मुसहरहरूप हरेकलाई ६ धुरको दरले निःशुल्क जग्गा उपलब्ध गराएपछि घर निर्माण गरिएको उपप्रमुख श्रेष्ठले बताइन् । उनका अनुसार केन्द्रको सहजीकरणमा कर्जन्हा–३ मा पाँचवटा र ५, ८, ९ र १० नं. वडामा १०–१० वटाको दरले घर निर्माण भइरहेको र आगामी १५ पुससम्म निर्माण सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिने भएको छ । 

कर्जन्हा नगरपालिकाको आ.व. ०७९/८० मा फुसको छाना विस्थापित कार्यक्रमअन्तर्गत नगरपालिकाको एक करोड ७२ लाख ७३ हजार नौ सय २५, हिल्टी फाउन्डेसनको सहयोगमा ह्याविट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवास कार्यक्रमअन्तर्गत ५० लाख र लाभग्राही घरधनीहरूपको श्रमदान मूल्यांकन ३९ लाख ३० हजार छ सय ९३ रुपैयाँ गरी दुई करोड ६२ लाख चार हजार ६ सय १८ रूपैयाँका लागतमा केन्दं सहजीकरणमा निर्माण भइरहेकोमध्येका १० वटा घर हस्तान्तरण गरिएको हो ।