१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पूर्व–पश्चिम राजमार्गको ८० किलोमिटर खण्ड मर्मत गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३५:oo

कैलालीको चिसापानीदेखि अत्तरियासम्म पूर्व–पश्चिम राजमार्गको सडक मर्मत तथा सुधारको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरले राजमार्गको करिब ८० खण्डमा तीनवटा ठेक्कामार्फत मर्मत तथा सुधारको काम अगाडि बढाएको हो । चिसापानीदेखि लम्कीसम्म ११.२ किलोमिटर सडकमा कालोपत्रे थप गरेर सुधार गरिँदै छ ।

लम्कीदेखि अत्तरियासम्मको करिब ६८.८ किलोमिटर खण्डमा खाल्डाखुल्डी पुर्ने काम थालिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए । उनका अनुसार चिसापानी पुलदेखि लम्कीसम्म अहिलेको कालोपत्रेमा चार सेन्टिमिटर मोटाइको कालोपत्रेको एक पत्र थप गरिनेछ । त्यसका लागि ६ करोड ८५ लाख रुपैयाँ लागतमा सिस्ने कन्स्ट्रक्सनसँग गत असारमै सम्झौता गरिएको छ । सम्झौताअनुसार ७ मंसिरसम्म राजमार्गको यो खण्डमा सडक सुधारको काम पूरा हुनेछ ।

राजमार्गअन्तर्गत लम्कीदेखि पहलमानपुरको कान्द्रा नदीसम्म २८.८ किलोमिटर र कान्द्रादेखि अत्तरियासम्मको ४० किलोमिटर सडकमा परेका खाल्डाखुल्डी पुर्न सडक डिभिजनले छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको छ । दुवै खण्डको ठेक्का ६१ लाख ७८ हजार लागतमा न्यु कुमारी कन्स्ट्रक्सनले पाएको छ । १ असोजमा भएको सम्झौतामा १ पुससम्म खाल्डाखुल्डी पुर्ने काम पूरा गर्ने सर्त छ । 

ad
ad