१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मधेशको चर्चित सलहेश युवा क्लबमा नेतृत्व फेरबदल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:३६:oo

मधेश प्रदेशको चर्चित फुटबल क्लबको रूपमा चिनिएको सलहेश युवा क्लबको नेतृत्वमा चयन गरिएको छ।

क्लबको सदरमुकाम सिराहामा भएको पहिलो अधिवेशनले कार्यसमितिमा सदस्य संख्या थप गरी सर्वसम्मत रूपमा  नयाँ कार्यसमिति चयन गरेको हो। 

क्लबको वार्षिक दोस्रो साधारणसभा तथा अधिवेशनले समितिको अध्यक्षमा राजीवकुमार यादवलाई सर्वसम्मत रूपमा पुनःनिर्वाचित गरेको छ। 

यस्तै, वरिष्ठ उपाध्यक्षमा अमरनाथ साह, उपाध्यक्षमा नागेश्वरप्रसाद यादव, महासचिवमा कृष्णकुमार यादव, सचिवमा प्रदीपकुमार यादव, कोषाध्यक्षमा सुनीलकुमार यादव सर्वसम्मत रूपमा चयन गरिएको छ।

यस्तै, सदस्यहरूमा जितेश कर्ण, सुशीलकुमार कर्ण, सुशीलादेवी साह, श्वेताकुमारी यादव, रामभरोस यादव, जितेन्द्रकुमार झा, सरोज राणा, प्रमोदकुमार यादव सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन अधिकृत वासु श्रेष्ठले बताएका छन्। 
यसअघि सलहेश युवा क्लबको ११ सदस्यीय कार्यसमिति रहेको थियो। अधिवेशनको सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवले उद्घाटन गरेका थिए।

व्यावसायिक फुटबललाई नेतृत्व गर्दै सलहेश युवा क्लबले नेपाल र भारतका विभिन्न सहरमा भएको प्रतियोगितामा सहभागी भई खेलेका ७८ मध्ये ७२ वटा खेलमा जित हासिल गरेको छ। 

मधेश प्रदेशको चर्चित फुटबल क्लबमा सलहेश युवा क्लबसँगै वीरगन्ज युथ एकेडमी र बागमती युवा क्लब छन्।
 

ad
ad