Skip This
कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o असोज २६ शुक्रबार १o:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार १o:४८:oo

कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणा सभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् । 

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे । सो अवसरमा उनले सिंगो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्रले भौगाेलिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ । 

यहाँका दश जिल्लाका ३४ हजार ६ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनले  खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए।

कर्णालीको दैलेख ०७४, सुर्खेत ०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान ०७९ मा तथा डोल्पा र हुम्ला ०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणा सभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गंगाराम सुनार र मञ्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । रासस