१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २१ आइतबार o८:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत भेटेरिनरी सम्मेलन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार o८:३१:oo

नेपाल र भारतका भेटेरिनरी डाक्टरहरू सम्मिलित ‘पहिलो संयुक्त अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा भारतका विभिन्न १४ राज्यबाट ८० भेटेरिनरी जनस्वास्थ्यविज्ञ र नेपालका ७० पशु चिकित्सक सम्मिलित थिए ।

सो सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको प्राविधिक सहयोगले नेपालमा व्यावसायिक पशुपालनमा धेरै मद्दत मिलेको बताएका थिए ।

भारतको एसोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरीयन्स तथा नेपालको भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा ७६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा विश्व स्वास्थ्य संगठन नेपालबाट पनि जनस्वास्थ्यसम्बन्धी प्रस्तुतीकरण भएको थियो ।

भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसन नेपालका अध्यक्ष डा. मुकुल उपाध्यायको अध्यक्षतामा भएको उक्त सम्मेलनमा भारतबाट एसोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरीयन्सका अध्यक्ष प्राध्यापक डा. एनआर प्रधान, महासचिव प्राध्यापक डा. तपनकुमार मण्डल, बिहार भेटेरिनरी कलेजका डिन डा. जयकिसन प्रसाद, पण्डित दिनदयाल उपाध्याय, विश्वविद्यालयका प्राध्यापक डा. रश्मि सिंहलगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा भारतीय डा. नित्यानन्द पाठक र नेपालका स्वर्गीय डा. दुर्गादत्त जोशीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।