१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘रिगल’को कैद सजाय मिनाहामा सरकारसँग कारण माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:o७:oo

सर्वोच्च अदालतले व्यक्तिहत्या मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्नुको कारण सरकारसँग मागेको छ।

रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरेपछि शेर्पाले सो निर्णय बदर हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्। मुद्दाको किनारा नलागेसम्म निवेदक र उनका परिवारको सुरक्षा व्यवस्था मिलाउन आदेश गर्दै मुद्दालाई पूर्ण इजलासमा पेस गर्नसमेत भनिएको छ।

सर्वोच्चले निवेदनलाई अग्राधिकार दिन तथा रिट निवेदक वा प्रत्यर्थी कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगित नगर्नसमेत आदेश गरेको छ।

 

 

 

 

ad
ad