१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडौं
२o८o असोज १७ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘रिगल’को कैद मिनाहाविरुद्ध भारतीले थालिन् अनशन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १२:३६:oo

भारती मानन्धरले श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद माफी मिनाहाविरुद्ध अनशन थालेकी छिन्।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म अनशन जारी राख्ने बताएकी छिन्। मंगलबार उनले  ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छिन्। 

भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरिदिएका थिए। रिगलविरुद्ध २८ असार ०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ।