१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पोखराबाट सुर्खेत हिँडेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१३:oo

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग.१ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो । 

पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।  

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारीचालक रामेछाप सुनपति गाउँपालिका– ३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनालाई सकुशल उद्धार गरिएको छ ।

ad
ad