१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साहसिक पदयात्रा : कजिनसरा ताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४२:oo

पाँच हजार दुई मिटर उचाइमा रहेको ‘कजिनसरा ताल’ पछिल्लो समय पदयात्रा रुचाउनेहरूको रोजाइको गन्तव्य बन्न पुगेको छ । मनाङको चामे गाउँपालिका–४ सिंगरखर्कमा रहेको यो ताल डेढ किलोमिटर लामो र ६ सय मिटर चौडा छ । ‘कजिनसराको गहिराइ भने अनुमान गर्न सकिएको छैन,’ चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले भने । स्थानीय बासिन्दा भने यसलाई ‘सिंगर ताल’ भन्छन् । यो क्षेत्रलाई नै ‘सिंगर’ भनिने भएकाले तालको नाम पनि ‘सिंगर’ रहन गएको अध्यक्ष घलेको भनाइ छ । सिंगरखर्कमा स्थानीय बासिन्दले याक, चौँरी, भेडा चराउने गर्छन् । 

रोमाञ्चक हिमाली यात्रा
हिमालपारिको जिल्ला मनाङकै यात्रा कम्ता रोमाञ्चकारी हुँदैन । लमजुङको बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ पुगिन्छ । त्यहाँबाट कजिनसराको यात्रा झन् रोमाञ्चकारी हुन्छ । अग्ला भिराला पहाड, उच्च हिमशृंखलाले लोभ्याइराख्छ । पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल स्वागतमा उभिएझैँ लाग्छन् । उत्तरमा तिब्बतको पेरीलगायतका हिमालले मनै लोभ्याउँछ । प्राकृतिक दृश्यावलोकनसँगै माथिल्लो मनाङका गंगापूर्ण ताल, हिमताल, गुम्बाले झन् आकर्षण थपेका छन्न् । अन्नपूर्ण, गंगापूर्ण र तिलिचो ताल हिमालछेउछाउमै उभिएजस्तै लाग्छन् ।

कसरी पुग्ने ?
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरबाट चामेसम्म ६५ किलोमिटर र त्यहाँबाट झन्डै ३० किलोमिटर यात्रापछि मनाङ पुगिन्छ । मनाङ सदरमुकाम चामेबाट २४ किलोमिटरको दूरीमा पर्छ, कजिनसरा । लमजुङ हिमालको आधारशिविर हुँदै पूर्वी भेगबाट १८ घन्टा पैदल हिँडेपछि यो नयाँ गन्तव्यमा पुगिन्छ । कजिनसरा पुग्ने उपयुक्त मौसम साउनदेखि कात्तिकसम्म हो । मनाङसम्म गाडीमा जान सकिन्छ । त्यसपछि पैदल यात्रा गरेर तालछेउ पुगिन्छ । यहाँ पुग्न एकजनालाई १२ हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्छ ।

ad
ad