नेपालका कमल मगरले विश्व उमा कुङ्फु च्याम्पियनसिप २०२३ मा निर्णायकको भूमिका सफलतापूर्वक पूरा गरेका छन् । अन्तर्राष्ट्रिय उमा कुङ्फु खेलाडीसमेत रहेका कमलले युरोपियन च्याम्पियनसिप र डब्लुएमएसी वल्र्ड गेम्स र ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिता २२ देखि २४ सेप्टेम्बरसम्म ग्रिसमा भएको थियो । उनी सफल निर्णायक भूमिकापछि बिहीबार नेपाल आइपुग्दै छन् । ‘प्रतियोगिता आफूले सोचेकोभन्दा राम्रो भएको छ । यस खेलले आगामी खेलमा झनै राम्रो गर्न मद्दत पुग्छ,’ कमलले भने । विश्व च्याम्पियनसिपमा ६ सयभन्दा बढी खेलाडीको उपस्थिति थियो ।