मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज ६ शनिबार ०७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगु  सदरमुकाममा भीषण आगलागी : ८ घर र ९ पसल जलेर नष्ट,  करोडौँको क्षति 

Read Time : < 1 मिनेट
२०८० असोज ६ शनिबार ०७:४८:००

मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पूर्ण रूपमा नष्ट भएका छन्। शुक्रबार राति अन्दाजी १२ तिर बजे   आगलागी हुँदा ८ घर र ९ वटा पसल जलेर पूर्ण रूपले नष्ट भएका हुन्।

आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन्। तार्के लामा, सोनाम लामा, जंग ऎडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेका हुन्। 

जलेका पसलहरूमा महम्म्त साकिर कबडिया टेलर्स, साजन सल्मानीहेयर  कटिङ, शेरबहादुर मल्लको मोबाइल पसल, रुपदेवी बुढाको तरकारी पसल,उद्दिम भाम होटेल, पिआर मल्ल फेन्सी पसल, लक्ष्मी मल्ल होटेल, नरेश शाही कम्प्युटर पसल र पूर्णालक्ष्मी मल्लको  ग्यास  सिलिन्डर गोदाम रहेको छ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छ्न्। आगो कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रातिको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति भने भएको छैन।