मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
२०८० असोज २ मंगलबार २०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन्दर पोखराका कुरूप सडक, मर्मतका लागि सांकेतिक विरोध

Read Time : < 1 मिनेट
२०८० असोज २ मंगलबार २०:२५:००

खाल्डाखुल्डीका कारण पोखरा महानगरपालिका क्षेत्रभित्रका सडकहरूको अवस्था बेहाल छ। नगरका मुख्य बजारसँगै चोकका सडक मर्मत नहुँदा सहरको सौन्दर्य बिग्रनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ। 

सडक मर्मतका लागि पोखरा महानगरपालिका, सडक कार्यालयलगायतका सरोकारवाला निकायले लामो समयदेखि चासो नदेखाएको र ध्यानसमेत नदिएको भन्दै उनीहरूलाई झक्झक्याउन मंगलबार पोखरामा विभिन्न संघ संस्थाको प्रतिनिधिमूलक सांकेतिक विरोध गरिएको छ। 

जनता जनार्दन नाम दिएर पोखराको जिरो किमिमा जम्मा भएका विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारलगायतले प्ले कार्डसहित सांकेतिक विरोध गरेका हुन्। कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूसमेत सहभागी रहेका थिए। 

सडक एवं ट्राफिक अभियन्ता शिव बस्ताकोटीको अगुवाइमा भएको विरोध कार्यक्रमका सहभागीले  पोखरालाई कुरूप बनाउन पाइँदैन, सडकमै आफ्नो छायाँ देख्नुपर्ने कहिलेसम्म? तीन तहकै सरकार जिम्मेवार बनलगायतका नारा लेखेका प्लेकार्डहरू बोकेका थिए।