मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २ मंगलबार
  • Wednesday, 02 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १८:२o:oo

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। 

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए। 

नेता पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

उनले पार्टीका अधिवेशनहरूलाई एकताबद्ध भएर सम्पन्न गर्न सिंगो पार्टीपंक्तिलाई आह्वान गरे। वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रूपमा चित्रण गरे। ठूलो दबाबबीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।