१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाटा टियागो इभी पाँच सयभन्दा बढी बुकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३१:oo

यसपटकको १५औँ नाडा अटो सोमा टाटा टियागो इभीको बुकिङ सबभन्दा धेरै भएको छ । नेपाली बजारमा सार्वजनिक गरिएको २१ लाख ९९ हजार रुपैयाँ मूल्य भएको टियागो इभी पाँच सयभन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ । साथै, नाडा अटो सोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको बताइएको छ ।

 सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंगले नाडा अटो सोमा सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीप्रति देखाएको उत्साहले आफूलाई थप ऊर्जा थपेको बताए । साथै, गाडीप्रति चासो देखाएर बुकिङसमेत गरेका ग्राहकको चाहनाअनुसार आफूहरू गाडी ल्याउन सफल भएको उनको भनाइ छ । 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी यात्राजस्ता विशेषता छन् । क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्र्यास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर, अटो हेडल्याम्पलगायका विशेषता रहेको कम्पनीले जनाएको छ । 

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज चार सय ५३ किलोमिटर छ । टियागो इभी जस्ता अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको कम्पनीको दाबी छ । त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेन्जअन्तर्गतको टाटा पन्चका चार आधारस्तम्भ हुन्, आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेको पनि कम्पनीले जनाएको छ ।

ad
ad