मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Wednesday, 05 February, 2025
एजेन्सी तेहरान
२o८o असोज २ मंगलबार १o:o२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पाँच बन्दी छुटाउन अमेरिकाले इरानलाई बुझायो ६ अर्ब डलर

Read Time : < 1 मिनेट
एजेन्सी, तेहरान
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १o:o२:oo

इरानी कारागारमा रहेका पाँचजना अमेरिकी नागरिकको रिहाईका निम्ति वासिंटनले तेहरानलाई ६ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो ।

अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएकोे एएफपीले जनाएको छ । अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । दक्षिण कोरियालाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन ।

आणविक वार्ताबाट इरान पछि हटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिंटन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ । 

भुक्तानीसँगै तेहरान र वासिंटनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकीसँगै अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिनेछ । पाँच अमेरिकी नागरिक र दुईजना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीले बताएका छन् ।