मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ३० शनिबार ०७:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ३० शनिबार ०७:२८:००

उच्च अदालतका न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । सर्वोच्च अदालतको न्यायाधीशका लागि उनको नाम शुक्रबार समितिबाट अनुमोदन भएको हो ।

पछिल्लोपटक १० भदौमा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा उनलाई सिफारिस गर्दै संसदीय सुनुवाइका निम्ति नाम पठाएको थियो । त्यसअघि २१ भदौ ०७९ मा पनि उनको समेत गरी तीनजनाको नाम पठाइए पनि संसद्को कार्यकाल सकिएका कारण नियुक्ति हुन सकेको थिएन । 

न्यायाधीश शर्मालाई पुनः सिफारिस गरिएकोमा नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय समितिले अनुमति दिएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । शर्मा उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश थिए । सर्वोच्चमा प्रधानन्यायाधीशसँगै बढीमा २१ जना न्यायाधीश रहने संवैधानिक प्रावधान छ । अब सर्वोच्चमा ६ न्यायाधीशको पद रिक्त छ ।