Skip This
सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो : गगन थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १७:५७:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताएका छन्।

मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले नेम्वाङले त्यस वेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उल्लेख गरे।

०६२-६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर साझा व्यक्तिको रूपमा स्थापित भएको थापाले बताए।

‘०६२-६३ को आन्दोलनपछाडि जतिखेर यस्तो पात्र चाहिएको थियो, जुन पात्रले आन्दोलनको मर्म पनि बुझ्न सक्छ। तर, जुन पात्रले फेरि त्यो वेलाको नेपाली राजनीतिको सबैभन्दा महत्वपूर्ण राजनीतिक दल र तिनको नेतृत्वहरूको बीचमा अन्तर पार्टी संवाद पनि गर्न सक्छ। समन्वय पनि गर्न सक्छ। जुन पात्र सबैलाई आफ्नोजस्तो पनि लाग्छ। साझा पात्र। एउटा त्यस्तो पात्रको आवश्यकता थियो। सुवास नेम्वाङ मात्र एउटा फिट पात्र हुनुहुन्थ्यो, जसले त्यो भूमिका बडो सहजताका साथ कुशलतापूर्वक निर्वाह गर्नुभयो,’ उनले भने।

महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि स्मरण गरे।