Skip This
जगदुल्ला हाइड्रोपावरलाई चार अर्ब दिने निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८o भदौ १५ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

जगदुल्ला हाइड्रोपावरलाई चार अर्ब दिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार ११:o७:oo

डोल्पाको मुड्केचुला गाउँपालिकास्थित इलमा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजनामा चार अर्ब लगानी हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलोपमेन्ट कम्पनी लिमिटेड काठमाडौंले चार अर्ब कर्जा लगानी गर्ने भएको हो ।

ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई सहमतिअनुसार ऋणपत्र हस्तान्तरण गरेका छन् ।

डोल्पाको भविष्यका रूपमा रहेको आयोजना निर्माणका लागि कुल २३ अर्ब लाग्ने अनुमान गरिएको छ ।प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नेतृत्वमा नबिल बैंक, एभरेष्ट बैंकलगायतको सहवित्तीयकरण फर्म भरेर लगानी गर्नेछन् । आयोजनाले दुर्गम जिल्ला डोल्पा जोड्ने भेरी करिडोर सडकको स्तरोन्नतिसँगै सञ्चारको विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास रहेको सापकोटाले बताए ।

सापकोटका अनुसार आयोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३५ करोड ७५ लाख स्वीकृत गरेकोमा अहिलेसम्म १७ अर्ब ७५ करोड रुपैयाँ आइसकेको छ ।

ad
ad
ad
ad