मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ११ सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघको पर्यटन समिति विस्तार

देशबन्धुको नेतृत्वमा १७ सदस्यीय समिति, विक्रम पाण्डेदेखि शशिकान्त अग्रवालसम्म समेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार ११:४२:oo

नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन समिति विस्तार भएको छ । महासंघका कार्यकारिणी सदस्य देशबन्धु बस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति बस्नेतको उपस्थितिमा महासंघमा एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो । भूकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष नीलहरि बाँस्तोला र नाटाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं रहेका छन् । 

यसैगरी, सदस्यहरूमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटिएका अध्यक्ष कुलप्रसाद न्यौपाने, बेस्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् । समितिको आमन्त्रित सदस्यहरूमा रेबानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी, होटेल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपिएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेस्ट ग्रुपका नर्देशक प्रनिल प्रधान रहेका छन् । समितिका सल्लाहकारमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मेरियट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्भावना दूत विक्रम पाण्डे, डोल्मा फन्डअन्तर्गत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् । 

समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । समितिका सभापति बस्नेतले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न देश–विदेशमा प्रचार–प्रसारलगायतका कार्यक्रम गरिने बताए । ‘हामीले अहिलेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्यअनुरूप यससँग आबद्ध सबैजसो संघ–संस्थाका प्रतिनिधिलाई समेट्ने प्रयास गरेका छौँ,’ उनले भने, ‘आशा छ, यस समितिले नतिजा निकाल्ने गरी काम गर्नेछ ।’