मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०८० भदौ १० आइतबार १२:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेस प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनील महासेठ निर्वाचित

Read Time : < 1 मिनेट
२०८० भदौ १० आइतबार १२:३१:००

मधेस प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनीलकुमार महासेठ निर्वाचित भएका छन्।

बाराको कलैयामा शनिबार भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा महासेठ १८ मतान्तरले निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित महासेठले ३१ मत पाएका थिए भने प्रतिद्वन्द्वी हिरा भगतले १३ मत पाएका थिए। अध्यक्ष र अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिएको थियो। 

यस्तै, उपाध्यक्षमा पवनकुमार गुप्ता (रौतहट), सचिवमा आयुष श्रेष्ठ (सप्तरी), कोषाध्यक्षमा सुभाष जयसवाल (बारा) निर्वाचित भएका छन्।
 
नौजना सदस्यमा सतिशकुमार सिंह (सप्तरी), शत्रुधनप्रसाद साह (सर्लाही), प्रमोद साह (रौतहट), राजीवकुमार झा (महोत्तरी), मुकेशकुमार साह (महोत्तरी), आकाश पाण्डे (धनुषा), विकलकुमार विष्ट (सिराहा), बाबुजान अन्सारी (पर्सा) र अनिलकुमार चौलागाईं (बारा) छन्।