मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ८ शुक्रबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजतन्त्र पुनर्स्थापनाको एजेन्डामा फर्किए थापा, तीन दलका शीर्ष नेतालाई पनि पुनर्विचार गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ८ शुक्रबार २१:२३:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्षभित्रै देशमा राजसंस्था पुनर्स्थापना गर्ने घोषणा गरेका छन् । आज शुक्रबार काठमाडौंमा केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले राजासहितको हिन्दूराष्ट्र बनाउने घोषणा गरेका हुन् ।

‘केही वर्षभित्रमा नै राजसंस्था पुनर्स्थापना गर्नेछौँ र नेपाललाई हिन्दूराष्ट्र बनाउनेछौँ । राजसंस्थाको एजेन्डालाई मुख्य एजेन्डा बनाउने र त्यो एजेन्डा पूरा गर्न आन्दोलनको घोषणा रहर पूरा गर्न मात्र होइन,’ उनले भने।

उनले आफूहरूको आन्दोलन लहडको नभई राष्ट्रलाई माया गर्नेहरूको नेतृत्वको रूपमा हुने पनि बताए । अध्यक्ष थापाले तीन दलका शीर्ष नेताहरूलाई विगतका घटनाक्रमबारे आत्मसमीक्षा गर्न पनि आग्रह गरेका छन् । 

‘म तीन दलका नेताहरू प्रचण्ड, देउवा र ओलीलाई पनि देशको अवस्थाबारे इमानदारीपूर्वक समीक्षा गर्न आग्रह गर्न चाहन्छु । कुनै पनि देशको निमित्त व्यवस्था साध्य होइन साधन मात्रै हो । राष्ट्रिय, प्रजातन्त्र, जनसम्प्रभुता र मुलुकको आर्थिक विकास हाम्रो साध्य हो,’ उनले भने, ‘यो पूरा गर्न व्यवस्था र तन्त्रलाई साधनको रूपमा मात्रै ग्रहण गरेका छौँ । यदि आफ्नो लक्ष्य र साध्य पूरा गर्ने क्रममा साधन असफल भयो भने त्यो साधनलाई परिवर्तन गर्ने हिम्मत गर्नुपर्दछ । यदि तपाईंहरू राष्ट्रको अस्तित्व जोगाउन चाहनुहुन्छ भने प्रजातन्त्रलाई बलियो बनाउने, सुशासन कायम गरेर देशमा आर्थिक समृद्धि कायम गर्न चाहनुहुन्छ भने आफ्ना पूर्वाग्रहबाट मुक्त भएर नयाँ नेपाल निर्माण गरेर सबै नेपाली अटाउने व्यवस्था पुनर्विचार गर्न आग्रह गर्दछु ।’