१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ८ शुक्रबार o६:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेट नपाएपछि पशु विभागमा ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o६:४६:oo

सरकारले बजेट नदिएको भन्दै पशुपक्षीसँग सम्बन्धित १६ संगठनहरूले बिहीबार पशु विभागमा तालाबन्दी गरेका छन् । संगठनहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार विभागमा तालाबन्दी गरेको भेटरिनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले बताए । 

यसअघि सरोकारवाला निकायहरूले कार्यालयमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका थिए । नेपाल भेटरिनरी एसोसिएसन, नेपाल दाना उद्योग संघ, डेरी उद्योग संघ, पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग एकाइ कार्यालय, पशु आनुवांशिक स्रोत केन्द्रहरू, राष्ट्रिय दुग्ध विकास बोर्ड, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रलगायतका कार्यालयमा चालू आर्थिक वर्ष पहिलो महिना बितिसक्दासमेत बजेट शून्य भएकाले आन्दोलन गर्नुपरेको खतिवडाले बताए । उनले भने, ‘सरोकारवाला निकायसँग छलफल नै नगरी नियोजित रूपमा गरिएको षड्यन्त्रपूर्ण निर्णय गरेको हुँदा आन्दोलनबाट निस्कने परिणामको जिम्मा सरकारले निकाल्नुपर्छ ।’ 

हाल पशु वस्तुहरूमा महामारीका रूपमा देखिएको लम्पी स्किन, अफ्रिकन स्वाइन फिबर, खोरेत, रेबिजलगायतका अन्य पशु रोगहरूका कारण आक्रान्त बनेको छ । रोगका कारण किसानको खर्बौँ क्षति हुँदा पशुपक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय परिचालित हुनुपर्ने विपरीत निकायहरूमा शून्य बजेट भई कामकाज नै ठप्प गरी बस्नुपर्ने अवस्थामा आइपुगेको सरोकारवालाले बताएका छन् ।