१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २५ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १७:o५:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालमा जातीय विविधता रहेको उल्लेख गर्दै ओलीले सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने प्रस्ट पारे।

पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने भन्दै उनले भने, ‘पहिचानलाई विकृत रूपमा हामीले लिनुहुँदैन। पहिचान सकारात्मक ढंगले लिनुपर्छ। पहिचान देशकाे हितमा हुनुपर्दछ। देशको हितका लागि पहिचान हो। आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र?’

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै देशलाई धर्म निरपेक्ष बनाइएको स्मरण गराए। देशको नाम ‘नेपाल’ कुनै जात विशेषको नभएको तर्क गर्दै उनले प्रदेशहरूको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको जिकिर गरे।

ad
ad
ad
ad