मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण २४ बुधबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर पहिरो : मृतकको संख्या ४ पुग्यो, दुईजना अझै बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार २o:३२:oo

मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा मंगलबार आएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ। पहिरोमा परी हराइरहेका पाँचमध्ये आज थप तीनजना मृत फेला परेको छ। उद्धारपछि उपचारका लागि लैजाँदै गर्दा हिजो एकजनाको मृत्यु भएको थियो।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी मृत अवस्थामा फेला परेका छन्।

अक्कलबहादुर र शिलाको शव बुधबार बिहान खोजकर्ताको टोलीले घाटनास्थलबाट १० किलोमिटर दक्षिणमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित नदीको बीच बगरमा फेला पारेका थिए। 

अक्कलबहादुरका नातिनी दिव्याको शव भने आज साँझ फेला पारिएको खोजी कार्यमा सहभागी स्थानीय सुजन पाख्रिनले जानकारी दिए। पाख्रिनका अनुसार दिव्याको शव घटनास्थलभन्दा झन्डै १२ किलोमिटर पर सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ३ बनौलीमा फेला परेको हो।

यसअघि मंगलबार पहिरोबाट उद्धार गरिएकी अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङ्तानको मृत्यु भएको थियो। उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको थियो। घटनामा परी अझै दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी र ४ वर्षका नाति मिलन छन्।

पहिरोमा परी बेपत्ता भएका सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का पासाङ घिसिङलाई बुधबार १२ घण्टापछि जीवितै उद्धार गरिएको थियो। उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त छन्।