मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण २२ सोमबार o८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार o८:३८:oo

भारतमा भएको सडक दुर्घटनामा परी एकै घरका चारसहित नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी शनिबार दिउँसो छाडा चौपायासँग ठोक्किएर दुर्घटना भएको कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । सबैको शव नेपाल ल्याएर नेपालगन्जमा अन्त्येष्टि गरिएको उनले बताए । 

एकै परिवारका चारसहित ६ जनाको मृत्युले नेपालगन्जको त्रिभुवन चोक शोकमा डुबेको अध्यक्ष वैश्यले बताए । ‘पोस्टमार्टमपछि शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ,’ उनले भने, ‘नेपालगन्जले ठूलो क्षति व्यहोर्नुपरेको छ । हामी यतिवेला शोकमा छौँ ।’

मृत्यु हुनेमा नेपालगन्ज सदरलाइनस्थित हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका ३५ वर्षीय छोरा वैभव गुप्ता, बुहारी ३२ वर्षीया दीपिका, तीन वर्षीय छोरा डल्लु र ६ महिनाकी छोरी श्रीया छन् । त्यस्तै, त्रिभुवन चोकको उत्तरतर्फ सञ्चालनमा रहेको एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोषकुमार गुप्ताका २२ वर्षीय छोरा निलान्स र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडीचालक अजय मिश्रको भारतमा उपचार भइरहेको उनले बताए । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर गएको समाजका अध्यक्ष वैश्यले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपालगन्जका पुराना व्यापारिक घरानामा घटेको अकल्पनीय घटनाले ठूलो क्षति पुगेको बताए ।