क्रिस्टियानो रोनाल्डो (अल नासेर)
प्रतिसाता पारिश्रमिक : ३.४ मिलियन पाउन्ड
साउदी प्रो लिगमा भूकम्प ल्याउने खेलाडी पोर्चुगलका रोनाल्डो हुन् । युरोपियन फुटबलमा रमाउने रोनाल्डो साउद प्रो लिगमा जान्छन् भन्ने विश्वास कसैले गरेका थिएनन् । जब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता भएन, तत्कालै उनले साउदी क्लब अल नासेरमा आबद्धता जनाए । साउदी प्रो लिगले पनि रोनाल्डोजतिकै चर्चित खेलाडी भिœयाउँदै मध्यपूर्वी खाडी क्षेत्रको फुटबल विकास गर्ने योजनामा थियो । रोनाल्डोअघि यहाँ नाम चलेका खेलाडी नआएका होइनन् । तर, रोनाल्डोजतिको हाइट भएका खेलाडी भने होइनन् । रोनाल्डोले गोप्य रूपमा साउदी क्लबमा करिअर बनाउने जानकारी परिवारलाई दिएका थिए । उनका समर्थक र मिडिया गुमनाम नै थिए । अल नासेरले उनलाई अहिलेसम्मकै कीर्तिमानी रकम १७३ मिलियन पाउन्ड खर्चियो ।
करिम बेन्जिमा (अल इतिहाद)
प्रतिसाता पारिश्रमिक : ३.३ मिलियन पाउन्ड
स्पेनिस क्लब रियल म्याड्रिडसँग अचानक सम्बन्ध तोड्दै बेन्जिमा पनि साउदी क्लबमा पुगे । उनी साउदी प्रो लिगमा धेरै पारिश्रमिक पाउनेमा दोस्रो खेलाडी हुन् । रोनाल्डोले म्याड्रिड छाडेपछि उनले केही समय राज गरे । फिफा वर्ष खेलाडीसमेत रहेका बेन्जिमालाई अल हिलालले १७३ मिलियन पाउन्ड खर्चेको थियो । म्याड्रिडमा रहँदा उनले पाँचपटक च्याम्पियन्स लिग जितेका थिए । उनको भित्री चाहना मुस्लिम राष्ट्रबाटै करिअर समाप्त गर्नु हो ।
एन्गोलो कान्टे (अल इतिहाद)
प्रतिसाता पारिश्रमिक : १.६ मिलियन पाउन्ड
यस सिजनमा इतिहादले युरोपका नाम चलेका खेलाडी भिœयाउन ठूलै खर्च गरेको छ । बेन्जिमा भिœयाएको इतिहादले चेल्सीका कान्टेलाई पनि आकर्षित गर्न सफल भए । इंग्लिस प्रिमियर लिगमा गत सिजन खासै राम्रो गर्न नसकेपछि उनी आर्थिक रूपमा बलियो बनाउन साउदी प्रो लिगमा पुगेको बताइन्छ । इतिहादले उनलाई किन्न ८६ मिलियन पाउन्ड खर्चेको थियो । उनले अहिले क्लबबाट प्रतिसाता १.६ मिलियन पाउन्ड लिने गर्छन् ।
रियाद महरेज (अल अहली)
प्रतिसाता पारिश्रमिक : सात लाख ५० हजार पाउन्ड
म्यानचेस्टर युनाइटेडले गत सिजनमा युरोपियन फुटबलमा ट्रेबल उपाधि जित्दा महरेज प्रमुख खेलाडी थिए । ३२ वर्षीय महरेज र सिटीसँग राम्रो सम्बन्ध थियो । तर, पारिश्रमिक र सम्झौता नवीकरणमा चित्तबुझ्दो प्रस्ताव नआउँदा महरेजले एक्कासि साउदी अरेबियन क्लब रोजे । गत साता खेलाडी ट्रान्सफरमा सनसनी उनले नै मच्चाए । अल अहलीमा प्रतिसाता सात लाख ५० हजार पाउन्ड लिने सर्तमा उनले सम्झौता गरे । उनको वार्षिक सम्झौता ३९ मिलियन पाउन्ड रहेको छ ।
जोर्डान हेन्डेरसन (अल इतिफाक)
प्रतिसाता पारिश्रमिक : ६ लाख ६२ हजार पाउन्ड
जोर्डान विश्वमै इंग्लिस खेलाडीमध्ये वार्षिक सर्वाधिक कमाउने बनेका छन् । अल इतिफाक क्लबसँग सम्झौता गरेसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले इतिफाकसँग तीन वर्षको सम्झौता गरेका छन् । उनले प्रतिसाता ६ लाख ६२ हजार पाउन्ड थाप्छन् । लिभरपुलमा आबद्ध हुने कुरा चलिरहँदा उनले इतिफाकको प्रस्ताव त्याग्न सकेनन् । अल इतिफाकमा नाम चलेकामा उनी नै अगाडि पर्छन् ।