१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १९ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १९ शुक्रबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भारत सरकारको अनुदान सहयोगका चार परियोजनामा सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १९ शुक्रबार १९:२७:oo

भारत सरकारको अनुदान सहयोगका विभिन्न चार परियोजनामा सम्झौता सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

ती परियोजनाको अनुमानित लागत १७ करोड रुपैयाँ रहेको छ । नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चारवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतले अनुदान सहयोग गरेको हो । 

शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, दार्चुलाको व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाको कार्यान्वयन हुनेछ । 

यी परियोजनाहरू शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्ने भारतीय दूतावासले जनाएको छ । 

परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने भारत सरकारको अपेक्षा छ । 

दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा पाँच सय ४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ । 

यसमध्ये चार सय ८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सबै परियोजनाको कुल लागत करिब १२ सय २० करोड रहेको छ । यी परियोजना नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन छन् ।

ad
ad
ad
ad