१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Thursday, 31 October, 2024
तस्बिर सौजन्य : प्रकाश पौडेल
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १८ बिहीबार १o:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात महिनामा करिब साढे पाँच लाख पर्यटक

सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक आएका थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार १o:३३:oo

सन् २०२३ को पहिलो सात महिना (जनवरी–जुलाई)मा पाँच लाख ३४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ८७ प्रतिशत धेरै हो । सन् २०२२ को सात महिनामा दुई लाख ८५ हजार पर्यटक नेपाल आएका थिए ।

गत वर्षभन्दा पर्यटकको संख्या उल्लेख्य बढे पनि अझै कोभिड महामारीअघिकै अवस्थामा भने पुगेको छैन । कोभिडअघि २०१९ को सात महिनामा ६ लाख ४४ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा इतिहासकै सर्वाधिक धेरै करिब ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को सुरुवातदेखि नै विश्व पर्यटन कोभिड महामारीको चपेटामा पर्न थालिसकेको थियो ।

सन् २०२२ मा विश्वका विभिन्न देशबाट ६ लाख १४ हजार पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ । कोभिड महामारीपछि पर्यटक आगमन निरन्तर सुधारोन्मुख देखिँदा सन् २०२३ मा कुल पर्यटक करिब १० लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक केलाउँदा सन् २०२४ मा पर्यटक आगमन पुरानै स्थितिमा फर्किने सहज अनुमान गर्न सकिन्छ । नेपाल भित्रिएका कुल पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । दोस्रोमा अमेरिका, तेस्रोमा ग्रेटब्रिटेन र चौथो नम्बरमा चिनियाँ छन् । कोभिडपछि चीन सरकारले आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेसँगै नेपालमा पनि चिनियाँ पर्यटक बढ्न थालेका छन् ।

 जुलाईमा ५८ हजार पर्यटक
२०२३ को जुलाईमा पर्यटक आगमन ३० प्रतिशतले सुधार देखिन्छ । पर्यटन बोर्डका अनुसार जुलाईमा विभिन्न देशबाट ५७ हजार सात सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुलाई २०२२ मा ४४ हजार चार सय ६२ पर्यटक नेपाल आएको तथ्यांक छ । कोभिडअघि जुलाई २०१९ मा ५८ हजार आठ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जुलाईमा जहाज चढेर आउने पर्यटक ९८ प्रतिशतले रिकभरी भएको छ ।

जुलाईमा भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार ६ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, युकेबाट तीन हजार ६ सय ३०, अस्ट्रेलियाबाट ११ सय, साउथ कोरियाबाट १३ सय ७५, बंगलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

 वर्षको पहिलो महिना जनवरीमा विभिन्न देशबाट ५५ हजार ७४ पर्यटक नेपाल आएका थिए । यस्तै, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन, जुनमा ७२ हजार दुई सय ५० र जुलाईमा ५७ हजार सात सय २६ पर्यटक नेपाल घुम्न आएका छन् ।