मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
२o८१ पौष ११ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार

गाेदावरी-३ मा खानेपानी फिल्टर वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १७:५२:oo

गोदावरी नगरपालिका–३ का बाढीपीडित परिवारलाई खानेपानी फिल्टर वितरण गरिएको छ। बाढीपहिरो प्रभावित तथा मानसिक रोगका बिरामी भएका परिवारलाई सिडिओ नेपाल नामक संस्थाले फिल्टर वितरण गरेको हो।

वडासँगको समन्वयमा संस्थाले ३० भन्दा बढी परिवारलाई फिल्टर वितरण गरेको हो। यसअघि पनि ललितपुरका विभिन्न स्थानमा फिल्टर वितरण गरिसकेको संस्थाका फाउन्डर आरती बस्नेतले बताइन्।

उनका अनुसार यसपटक मानसिक रोगका बिरामी भएका पीडित परिवारलाई उक्त फिल्टर निःशुल्क वितरण गरिएको हो। यो फिल्टरको बजार मूल्य तीन हजार पाँच सय हाराहारी पर्छ। तर, प्रभावित परिवारलाई खानेपानीको स्वच्छताको निम्ति निःशुल्क प्रदान गरिएको हो। ‘खानेपानी स्वच्छ नहुँदा धेरै रोग फैलने डर हुन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले फिल्टर वितरण गरेका हौँ, यसबाहेक स्वाथ्य र खानेपानीको क्षेत्रमा यो संस्थाले काम गरिरहेको छ।’

बिहीबार टौखेलमा वडाध्यक्ष राज घिमिरेसहितको उपस्थितिमा फिल्टर वितरण गरिएको हो। अर्को वर्ष वडाले पनि स्थानीयवासीको स्वच्छ खानेपानीमा चासो दिँदै फिल्टर खरिद गर्ने र वितरण गर्ने योजना तय गर्ने वडाध्यक्ष घिमिरेले बताए। ‘अझै पनि धेरै मानिस स्वच्छ खानेपानी प्रयोग गर्नुहुन्न, खानेपानी स्वच्छ नहुँदा अनेकन रोग लागिरहेका छन्, त्यसैले स्वच्छ खानेपानीमा कसैले पनि सम्झौता गर्नुहुँदैन, अर्को वर्ष यसबारेमा हामीले योजना पनि ल्याउँछौँ,’ वडाध्यक्ष घिमिरेले भने।