१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १६ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन भौतिक मन्त्रालय एक्लैले गर्न सक्दैन : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १८:२४:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्। बैठकमा सांसदहरूले गत श्रावण ७ गते सामाखुसी खोलाको बाढीमा परी बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितकाे आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए।

जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए। उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे।

मन्त्री ज्वालाले भने, ‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस् । र, मानवीय एवं अन्य क्षति नहोस् भन्ने कुरामा हामी सचेत छौँ। अरू विषयमा चाहिँ सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निष्कर्ष निकालौँ। र, ज-जसले जे-जे गर्नुपर्छ। हरेक कुरामा एउटैले मात्रै गर्ने देखिँदैन क्या।’